औसतमा एउटा यच आर (HR)ले पहिलो पटक तपाईको बायो डाटा हेर्न करिब ६ देखि १० सेकेन्डमा खर्च गर्दछ। तिनीहरू विशेष खोजशब्दहरू खोज्दछन् जुन उम्मेद्वार कामका लागि फिट हुन सक्दछन। धेरै जसो यच आर (HR)लाइ यो तपाइँको प्रारम्भिक छाप हो। तपाईंलाई थाहा छ पहिलो प्रभाव सबै कुरा हो। तपाईं दोश्रो चरणको परीक्षा  सुरक्षित गर्न चाहानुहुन्छ भने, यसले यच आर (HR)लाई तपाईंको राम्रो परिचय प्रदान गर्न मद्दत गर्छ भने यो तपाईंको योग्यता र अनुभवहरूको राम्रो प्रतिनिधित्व हो। तपाईंको को बायो डाटा उत्तम होस् भनि सुनिश्चित गर्नका लागि, हामीले बायो डाटा राम्रो बनाउने केहि सल्लाहहरू ल्याएका छौ

बायो डाटालाइ छोटो मिठो बनाउनुहोस्

तपाईंले आफ्नो बायो डाटामा सबै कुरा समावेश गर्न आवश्यक पर्दैन। केवल हाइलाइटहरू जुन तपाइँले निवेदन गर्नु भएको कामसँग मेल खान्छ तिनीहरुलाइ मात्रै समावेस गर्दा पर्याप्त हुन्छ । यदि तपाईं सक्नुहुन्छ भने, अधिकमा एक वा दुई पृष्ठमा मात्रै आफ्नो बायो डाटा सिमित राख्नुहोस्। बायो डाटा बनाई सकेपछि तपाइले आबेदन दिएको संस्थाको HR को ठाउँमा बसेर तपाइको आफ्नो बायो डाटालाई मुल्यांकन गर्नुहोस। तपाईले कहिले कहाँ के गर्नु भयो भन्ने कुरामा उसलाई खास्सै चासो हुदैन उसले तपाइ किन निवेदन दिएको कामको लागि आदर्श उम्मेदवार हुनहुन्छ भनेर खोज्ने गर्दछ।

शीर्ष स्थानमा सबै भन्दा सान्दर्भिक जानकारी राख्नुहोस्

रोजगारदाताले  केवल तपाइँको प्रारम्भिक योग्यताहरूको आधारमा तुरुन्त निर्णय गर्दछन त्येस्तैले तपाइँको आफ्नो बलियो र पद  सान्दर्भिक पक्षलाइ शिर्ष स्थानमा राख्दा राम्रो हुन्छ

कालक्रम उल्टो राख्नु उत्तम मानिन्छ

तपाईको भर्खरको उत्तमअनुभब र योग्यतालाई घटनाक्रममा नयाँ देखि क्रमस पुरानो राख्दै जानु उत्तम मानिन्छ

बायो डाटा हेर्न छिटो र सजिलो बनाउनु होस् , एउटा साधारण फन्ट प्रयोग गर्न सकिन्छ , जस्तै एरियल वा हेलवेटिका। रेखा बीचको राम्रो स्पेसिंगको साथ १२-पोइन्ट प्रयोग गर्नुहोस्। सबै सामाग्रीहरुको ढाँचा उही राख्नुहोस्। यदि तपाइँ कम्पनीको नाम र स्थितिलाई इटालिसाइज वा बोल्ड गर्नुहुन्छ भने, निश्चित गर्नुहोस् कि तपाइँ यो सबै अनुभवको लागि सोहि तरिका प्रयोग गर्नु होस् । सबै मितिहरू समान स्वरूप राख्नुहोस्।

हल्का सिर्जनसिल हुनु उपयुक्त देखिन्छ तर धेरै ठुलो पढ्न अफ्ट्यारो हुने खालको फन्टको प्रयोग अथवा धेरै आइकन को प्रयोग नगर्नुहोस्

तपाइको सम्पर्क ठेगाना स्पष्ट रुपमा बुझिने र आखा पर्ने ठाउँ मा राख्नुहोस

अनुभवको हकमा

– तपाइको अनुभवलाइ छोटो मिठो रुपमा प्रस्तुत गर्नुहोस, सकेसम्म ६ बुधा भन्दा लामो हुने गरि आफ्नो कार्यभारलाई प्रस्तुत नगर्नुहोस

– कहिले कहिँ बायो डाटा हेर्ने मान्छे तपाइको अनुभब औसत हुनु सक्छ त्येसैले सबैलाई पढ्न र बुझ्न सजिलो हुने तरिकाले प्रस्तुत गर्नुहोस

– तपाइको कार्य उपलब्दीको छोटो मिठो परिचय दिनुहोस, सके सम्म संख्या या तथ्यमा आधारित हुदा राम्रो हुन्छ

– काम संग मेल खाने की वोर्ड्स हरुको प्रयोग गर्दा आझ राम्रो हुन्छ

तालिमको हकमा

– तालिम दिने संस्था, तालिमको अबधि र उपलब्धि लाइ छोटो मिठो प्रस्तुत गर्नुहोस

शिक्षा

तपाइको शिक्षा महत्वपूर्ण भएपनि यसलाई अनुभब पछि राख्दा राम्रो मान्ने गरिन्छ , तपाइको जि.पी.ए को प्रयोग नगर्नु राम्रो हुन्छ। तर डिभिजन समाबेस गर्नु राम्रो हुन्छ

तपाईको सिप दर्साउने केहि लाइन हरु प्रयोग गर्न सक्नु हुन्छ, यदि कुनै विधा मा तपाई पुरस्कृत हुनु हुन्छ भने त्यो पनि समाबेस गर्नु होला

सके सम्म आफ्नो बायो डाटालाइ समय अनुसार र पदअनुसार परिमार्जित गर्नु होला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here