‘स्याउको बगैंचामा हेर्दा प्राय रातो, हरियो, पहेलो वा तिनै रंगको समिश्रण भएका फलहरू भेटीन्छन, तर Black Diamond Apple को फल भने गाढा बैजनी वा कालो रंगको हुन्छ। ‘Black Diamond Apple’, Chinese Red Delicious Apple को एक लोप हुन लागेको स्याउको जात हो।यो झट्ट हेर्दा कालो रंगको देखिने भएकाले यसको नाम ‘ब्ल्याक डाएमोन्ड एप्पल’ रहन गएको हो। यसको बाहिरी रंग कालो भएतापनि भित्र भने सामान्य अरू स्याउको जस्तै चम्किलो सेतो फल हुन्छ। यो प्राय तिब्बतको हिमाली भेगमा मात्र पाउने भएकाले सजिलै बजारमा नभेट्टिने वा महंगो पर्न जान्छ।

  • कहाॅं पाइन्छ???
    यो स्याउको जात तिब्बतको Nyingchi (निइंची) को हिमाली भेगमा पाइन्छ।
  • यस्को स्वाद कस्तो हुन्छ?
    यो साधारण स्याउ भन्दा मिठो, गुलियो र चाम्रो हुन्छ।
  • यसको रंग किन कालो हुन्छ?
    यसको फल कालो भन्दा पनि गाढा बैजानी रंगको हुन्छ। दिउॅंसो सुर्यबाट आउने ultraviolet किरणहरू धेरै अवशोषित गर्छ र रातीमा तापक्रम धेरै कम हुनेभएर यसको रंग गाढा बैजानी हुन्छ।
  • यसको बजार कस्तो छ त?
    यो फलले बजारमा राम्रो ठाॅंउ पाएको छ। प्रति गोटा ५० युआन (चाइनाको मुद्रा) वा €6.37 पर्छ। यसको मुल्य अन्तराष्टिय बजारमा प्रति केजी $7 पर्छ।
    यो फल फाइदाकारी, बजारमा राम्रै भाउमा सजिलै बेच्न सकिने भएकाले धेरै चिनिया किसानहरू यसको खेति गर्न आकर्षित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here