डल्ले खुर्सानी , नाम सुन्दै पिरोको अनुभूति गराउने यो खुर्सानीको लोकप्रियता बढ्दो क्रममा छ। यो आजकल कतै छतमा देख्न पाइन्छ त कतै कौसी, कतै बारी आझ भनै जहाँ ठाउँ पाइन्छ त्येतै यो रोपिएको देख्न पाइन्छ। डल्ले खुर्सानी विश्वमै पिरो खुर्सानी मध्ये एक हो। यो १ लाख स्कोविल हिट युनिट देखि ३ लाख ५० हजार युनिट सम्म पिरो हुने गर्दछ। येसको पिरो को अनुभूति बिस्तारै हट्दै जाने र शरीरमा विभिन्न फाइदा पुर्याउने भएका कारण पनि यो आझ लोकप्रिय हुँदैछ। यो खुर्सानी विशेषगरि नेपाल र सिक्किममा पाइने भएका कारण पर्यटकलाई चाखको वस्तुहुने गरेको पाइन्छ।

यो खुर्सानीको प्रयोग लोकल चिकेन चिल्ली बनाउन, खुर्सानीको अचार बनाउन र म:म को चट्नी बनाउनका लागि प्रख्यात रहेको छ। यो खुर्सानी खाना संग टोकेर खाइन्छ भने येसलाइ राम्रो संग सुकाएर भविस्यको प्रयोगको लागि पनि भण्डारण गर्न सकिन्छ। तर आज चर्चा गरौ डल्ले खुर्सानीको अचारको, यो खुर्सानीको अचार पनि भविस्यमा प्रयोगमा ल्याउन बनाउने गर्छन अर्थात बेमौसमको बेलामा प्रयोगको लागी। अचार बनाउने तरिका:
सामाग्री:
आधा किलो खुर्सानी १२-१५ लसुनको पोटि, २ इन्च जति अधुवा, ६-७ चम्चा लसुन अधुवाको पेस्ट, ६-७ चम्चा पिसेको तोरी, २-२ चम्चा जिरा धनिय पाउडर, १ चम्चा बेसार, १ चम्चा मेथी, १ वटा कागती, २ कप तोरीको तेल र नुन स्वाद आनुसार
१. एउटा सफा भाडोमा खुर्सानी, लसुन, अधुवा लाई लिनुहोस (लसुन र अधुवा लाई काटेर ) र १-२ घाम सुकाउनुहोस ।
२. सुकाएको खुर्सानीलाई एउटा सफा र सुख्खा भाडोमा रख्नुहोस।
३. एउटा भाडोमा ६-७ चम्चा तेल तताएर, लसुन अधुवा को पेस्ट्लाइ हल्का रातो (हल्का खैरो ) हुने गरि पकाउनहोस र आगो बन्द गरेपछी त्येसमा बाकी मसला ( धनिया, जिरा, पिसेको तोरी , बेसार र कागती) रखेर राम्रोसँग चलाएपछि सेलाउन दिनुहोस् ।
४. केही सुकाएको खुर्सानी लाई कटिदिनुहोस, यस्तो गर्नाले खुर्सानीको पिरोपन मसला पनि लाग्छ र बास्ना पनि राम्रो हुन्छ ।
५. केही खुर्सानी कटिसकेपछी सेलाएको मसला मिलाउनु होस र राम्रो संग चलाउनु होस ।
६. एउटा बट्टामा सर्नुहोस र एक र अधा कप तेल हाल्नुहोस, ढक्कन राम्रो संग लगाएर ५-६ दिन घाममा सुकाउनु होस।
येसरी तयार गरेको अचार केही महिना सम्म प्रयोग गर्न सकिन्छ। ढुसी देखा परेमा बट्टालाई फेरि घाममा राख्याे भने हराएर जान्छ । डल्ले खुर्सानीलाई राम्राे राख्यो भने हराएर जन्छ। डल्ले खुर्सानी लाई राम्रो संग नुनमा मिसाएर भिनेगरमा राखेर पनि लामो समय सम्म प्रयोगमा ल्याउन सकिन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here