च्याउ एक सुक्ष्म जीवाणु हो। यसलाई अंग्रेजीमा फङ्गस (fungus) भनिन्छ। यो मोटोमा उम्रने विरुवा नभई केवल धागो जस्तो ढुसी मात्र हो। येस्को धागो आकरको अबस्थालाई माइेसेलिएम भनिन्छ। यही धागो जस्तो ढुसीबाट ठुलो फ्रुटिङ्ग (fruiting body) निस्किन्छ जस्लाई च्याउ भनिन्छ। येसरी च्याउ निस्कनको लागि आवशयक खुराक (substrate), तापक्रम र सप्रेक्षिक आद्रता ठिक मात्रामा हुनु जरुरी छ। प्रकृतिमा अनेकौ जातका च्याउहरु उम्रेका ‍हुन्छन। ती च्याउहरु कुनै बिषालु हुन्छन त कुनै कुनै खान योग्य र आतिनै स्वादिष्ट हुन्छन। नेपालमा विषालु च्याउहरु खाएर धेरै मानिसहरुको मृत्यु भयको पनि सुन्दै आएको छौ। हामीले खान योग्य च्याउ हो कि विषालु च्याउ हो सजिलै चिन्न सक्छौ। यदि च्याउ भाँच्दा चोप निस्कियेमा र छुदा रङ्ग परिवर्तन भएमा त्यो च्याउ विषालु हुन सक्छ। नमिठो गन्ध तितो स्वाद, धेरै झुस भएको र माटो, गोबेर, काठ, दाउरा मा उम्रका च्याउ खादा विचार पुर्याउनु पर्छ। च्याउलाइ कुखुराको अण्डा र दूधमा रख्दा केहि समय पश्चात दुध फाटेमा वा अण्डा जमेमा पनि उक्त च्याउ विषालु हुन सक्छ। आजको समयमा जंगली च्याउ भन्दा पनि कृतिम तरिकाले च्याउ उमारेर खाने चलन निकै बढेको छ। लगभग 40-50 जातको च्याउहरु उमार्ने प्रविधि विभिन्न देशमा भैसकेको छ। हाम्रो देशमा भने मुख्य चार प्रकारको च्याउ खेती हुन्छ: गोब्रे च्याउ (White button), कन्य च्याउ (Oyster mushroom), मृगे च्याउ (Shitake) र पराले च्याउ (Straw mushroom)। उक्त विभिन्न जातको च्याउहरु उमार्नको लागि भिन्न तापक्रम र मौसमको आवश्यकता पर्दछ। गोब्रे र कन्ये च्याउ काठमाडौं उपत्यका र मध्य पहाडी भेगमा राम्रोसंग उम्रन्छ, भने पराले च्याउ तराईको गर्मी मौसममा उम्रन्छ। त्यस्तै सिताके च्याउ उच्च पहाडी भेग र मध्य पाहाडमा राम्रो भएको पाइएको छ। कन्य च्याउ तराईमा पनि जाडो महिनामा राम्रो उत्पादन भैरहेको छ र यी चारै प्रकारको च्याउ उत्पादन गर्न यसको प्रविधि र बीउ नेपालमै उप्लब्ध छ।

च्याउमा हाम्रो शरीरको लागि नभइनहुने अत्यन्त महत्वपुण पौष्टिक तत्वहरु पाईन्छन्। च्याउमा मुख्य गरेर प्रोटिन, भिटामिन र विभिन्न मिनिरल्स पाईन्छ। त्यस्तै च्याउमा विभिन्न प्रकारको एमिनोएसिड पाउनुका साथै भिटामिनमा ए, बी र सी प्रशस्त मात्रामा पाईन्छ। खनिज पदार्थमा क्याल्सियम, फोस्फोरस आदि पाईन्छ। त्यसैले च्याउलाई एक पौष्टिक खानाको रुपमा लिन सकिन्छ। च्याउलाई औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ जस्तै: च्याउले रगतमा कोलेस्टलको मात्रा बढाउन दिदैन। च्याउमा चिनिको मात्रा कम हुनेभएकोले डाईवेटीजका रोगीलाई पनि उपयोगी छ। च्याउमा रेशा बढी हुने भयेकाले कब्जीयतका विरामिहरुलाई औषधिको काम गर्छ। प्लेटिलेट जम्नबाट रोक्छ।

 बिभिन्न किसिमका च्याउहरू मध्य नेपालमा कन्ये च्याउ (Oyster Mushroom) किसान माँझ लोकप्रिय रहेको छ। यस्को खेती सामान्यतय परालमा गरिन्छ। यस बाहेक गहुको छवाली, मकैको पात आदिमा पनि गर्न सकिन्छ। कान आकारको भएकोले यसलाई कन्य च्याउ भन्ने गरिएको छ। कन्य च्याउ नेपालमा छोटो समयमा व्यपक रुपमा विस्तर भयेको हो। एसको लागि तप्क्रम २०-३० डिग्री सेल्सेस र सप्रेक्षित अद्रता ८०% हुनुपर्छ। यस्को खेती तराईमा कर्तिक महिना देखि माघसम्म सफल भएकाे पाईन्छ भने काठमाडौं उपत्यकामा फल्गुण देखि कार्तिक महिना सम्म गर्न सकिन्छ। तर हाल जाडोमा पनि उम्रने जातको बीउ पाईने भयेकोले जाडोमा पनि यसको खेती गर्न सकिन्छ। कन्य च्याउ खेती गर्नका लागि सफा र राम्रो कुन्यु लगाएको पराल हुनुपर्छ। परालमा हरियोपन भएको खण्डमा ढुसी फैलन गह्रो पर्दछ। आफुलाई चाहीने पराल लिसके पछी करिव २-३ इन्च लामो टुक्रा पार्नुपर्छ। टुत्रा पारेको पराललाई कम्सेकम २-३ घण्टा सफा पानीमा भिजाउनुपर्छ आथवा रातभरी भिजाएपनि हुन्छ। भिजिसकिको पराललाई सफा पानी राखि राम्रो संग धमिलो पानी जनेगरी पखाल्नु पर्दछ। यसरि पखालीसके पछी पनि तर्कन दिन २-३ घन्टा रख्नु पर्दछ। पानी तर्काइ सकेको पराललाई हत्केलामा एक मुठिलिई थिचेर हेर्दा यदि पानीका थोपाहरु ननिस्की खालि हात मात्र भिज्यो भने त्यसमा पानी को मत्रा ठिक रहेछ भनी यकिन गर्न सकिन्छ। त्यसपछी पराललाई बफाउनु पर्छ। पराल बफाउन को लागि ड्रम अथवा ठुलो भाडा प्रयोग गर्नुपर्छ। ड्रममा तल पटि‌ ६ इन्च सम्म पानी रखी त्यसमा ३-४वोटा ईटा ठड्याएर राख्ने। अनि त्यसमा मथी जाली अथवा प्वाल परेको च्क्का रख्नुपर्छ। आनि मात्रै पानिमा नभिज्ने गरि पराल रख्नु पर्छ। ड्रम को मुख मा प्लाष्टिकले राम्रोसंग छाेपेर डाेरीले बाँध्नुपछ। कम्सेकम आधा घण्टा सम्म पराल लाई बफाउनु पर्दछ । यसरि बफाउँदा परालमा भएका हानिकारक कीरा र जिवाणुहरु नष्ट हुन्छ। बफियको पराल लाई अलि अलि चिसो हुन दिनु पर्छ। कन्य च्याउ रोप्नको लागि प्लाष्टिकको १२×१६ अथवा १६×२६ (इन्च) साइजको थैलो लिनु पर्छ।

च्याउ को बीउ प्लाष्टिकको थैलो म रख्दा एक तह पराल एक तह बीउ रख्दै हातले मज्जाले थिच्दै जानु पर्छ। थैलो भरी सकेपछि येस्को मुख राम्रोसँग बध्नु पर्दछ। यसमा ४ औलाको फरकमा प्लाष्टिक मा प्वाल पार्नुपर्छ र रुवा (कपास) ले त्यो प्वाल छाेप्नु पर्छ। त्यसपछी त्यो बीउ भरेको पोकालाई अँध्यारो कोठामा ३ हप्ता सम्म झुण्यायर वा काठको रेक माथि रख्नु पर्छ। यस बेला कोठाको तापक्रम २२-२५ डिग्री सेल्सस हुनुपर्छ। ३ हप्ताभित्र च्याउको ३ हप्ताभित्र च्याउको ढुसी पराल मा फैलिएर सेतो हुन्छ। त्यस पछी प्लाष्टिकको प्वालमा हालेको कपास निकालदिनु पर्छ वा प्लाष्टिकलाइ च्यातीदिनु पर्छ । दिन को २-३पटक सफा पानी डल्ला मात्रै भिज्ने गरि हाल्नु पर्छ। यस समयमा कोठाको ताप्क्रम २०-३० डिग्री सेल्सस हुनुपर्छ। यस्को ५-७ दिन मा च्याउ टिप्ने बेला हुन्छ। यसबेला कोठा मा हावा को सन्चालन राम्रो हुनुपर्छ र कोठाको झ्याल ढोका खोलेर उज्यालो पार्नुपर्छ। यसरी एक पटक च्याउ टिपेपछी अर्को ७-१० दिनसम्म पानी हल्दै गर्नुपर्छ। यस्तै अर्को च्याउ आउँछ र दोस्रो पटकको च्याउ टिप्ने बेला हुन्छ। तेस्तै गरि अर्को दस दिन पछी तेस्रो पटक च्याउ टिप्ने बेला हुन्छ। यसरि च्याउ खेति गर्दा एक केजि परालबाट लगभग ५००-६०० ग्राम सम्म ताजा च्याउ उत्पादन गर्न सकिन्छ। प्रविधी राम्रोसॅंग अपनाएको खण्डमा यो भन्दा बढी उत्पादन हुन्छ। च्याउ खती अरू तरकारी खती भन्दा सजिलो, छोटो समयमा फलाउन सक्ने र धेरै लगानी नलाग्ने, थोरै पुजि बाटै धेरै आम्दानी लिन सकिन्छ। थोरै ठाँउमा पनि गर्न सकिने र अन्य खेती गर्न योग्य नभयको जग्गामा पनि प्लाष्टिक टनेल बनाइ राम्रोसँग च्याउ उत्पादन गर्न सकिन्छ र च्याउ खेतिलाई राम्रो आम्दानिको श्रोत बनाउन सकिन्छ।

लेखक:
एलिशा निरौला
बिराटनगर

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here