परिचय :
यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कर्डिफोलिया’ हो । फूल फुल्ने र फल लाग्ने श्रेणीविहीन रानुन्कुलालस गणमा यो गनिन्छ । मेनिस्परमासिया परिवार र टिनोस्पोरा वंशमा पर्ने टी कोर्डिफोलिया प्रजातिको जडीबुटी हो । यो एउटा लहरेदार पतझर विरुवा हो । यसको लहरा मोटो र गुदीदार हन्छ । यसका आँख्लाबाट जराहरु निस्केर हावामा लहरिएका हुन्छन् ।

यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता न्बिलमक (ग्रन्थी) का थोप्ला थोप्लाले भीरएको हुन्छ ।यसका पातहरु एक पछि अर्को हुदै गएका हुन्छन् र भेट्नुदार हुन्छन् । पातहरु मुटु आकारका ७—८वटा नशाहरु भएका करीब १० सें.मी लामा हुन्छन् । यसका फलहरु आँख्लाबाट लामो लहरेदार भागमा फुल्दछन् । भाले फूलहरु झुप्पामा रहन्छन् भने पोथी भने पोथी फुलहरु एक्ला एक्लै रहेका हुन्छन् । फलहरु गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन् ।

फैलाबट:
यो उत्तर—पूर्वी भारत, श्रीलङ्का, म्यानमार , थाइल्याड ,भियतनाम। दक्षिणी चीन, मलेसिया लगायत नेपालमा पाइन्छ। नेपालमा यो ३००—५०० मिटरसम्मको उचाइमा पूर्वदेखि पश्चिमसम्म पाइन्छ।उपयोगीता:यसको उपयोगी अङ्ग लहरा (डाँठ) हो। यसको डाँठ कमलपित्त, दम, खोकी, मधुमेह, पुरानो ज्वरो, डेङ्गी, तथा बाथ आदि रोगहरूमा उपयोग गरिन्छ।

यसको प्रयोग गर्ने विधि :
गुर्जोको पात, यसको जरा र लहरालाई मूलतः औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ, तापनि लहरो अथवा डाँठ वा काण्ड नै अधिक उपयोगी मानिएको छ । गुर्जोमा अधिक मात्रामा एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटरीका साथमा क्यान्सर प्रतिरोधी गुण पाइन्छ । गुर्जोमा प्राप्त यिनै विशेषताका कारणले गर्दा यसले मूत्ररोग, मधुमेह, ज्वरो, जन्डिस, अपच, अम्ल, कब्जियत, निमोनिया, वातजस्ता अनेकौँ रोगहरुबाट हामीलाई मुक्ति दिन्छ, ती रोगसित लड्न सक्ने बनाउँछ । गुर्जोको प्रयोग खासमा तीन तरिकाले गर्ने गरिन्छ । एउटा यसलाई चूर्ण बनाएर, अर्को जुस बनाएर र गिलोय सत्व बनाएर प्रयोग गर्ने गरिएको छ । क्याल्सियम, फस्फोरस, आइरन, म्याग्नेसियम, कपर र जिङ्क गुर्जोका पौष्टिक संरचनाहरु हुन् ।

कोरोना नियन्त्रणमा गुर्जोको कोरोना नियन्त्रणमा गुर्जोको भुमिका:
गुर्जो खाउ कोरोना भगाउ भन्न्ने थेगो धेरै चर्चामा आयो।कुनै पनि मेडिकल उपचार, खोप र औषधि उपलब्ध नभएको र त्यसको उत्पादन हुन अझै थुप्रै समय लाग्ने भएका हुँदा हाल कोरोनाबाट बच्नका लागि हामीले गर्ने भनेको आफूभित्रको इम्युन सिस्टम अर्थात् रोगप्रतिरोधक क्षमतालाई वृद्धि गर्नु र सङ्क्रमणबाट जोगिनु हो । यसको लागि गुर्जोले हामीलाई सहयोग गर्ने कुरामा कुनै पनि द्विविधा छैन । यसको प्रयोगले बाहिरी सङ्क्रामक भाइरस, ब्याक्टेरिया लाग्न नदिन र लागी नै हाल्यो भने पनि त्यससित लड्न शरीरका लागि चाहिने शक्ति र सामथ्र्य उपलब्ध हुने हुनाले यसको नियमित सेवन गर्नु अत्यन्त उपयुक्त देखिन्छ । हाम्रो घरगाउँ, वनजङ्गलमा गएर यसलाई ल्याई यसको जुस बनाएर प्रयोग गर्नु उचित हुन्छ । अहिलेको महामारीमा गुर्जो देख्नासाथ बोट र जरा नै सखाप पार्ने गरी होइन, थोरैथोरै गरी प्रयोग गर्न सकिन्छ । सकेसम्म सबैले प्रयोग गर्नुपर्दछ भन्ने मान्यता राखौँ । पु¥याएर प्रयोग गरौँ । सबैको हितमा उपयोगमा ल्याऔँ । तपाईंको मङ्गल होस्, कल्याण होस् ।

वाली संकलनः
यसको काम लाग्ने भाग भनेको लहरेदार काण्ड नै हो, त्यसकारण मंसिर देखि माघ महिनासम्म यसका लहराहरु काटिन्छ । लगाएको मितिले करीब दुई वर्ष पछि मात्र विरुवाहरु वाली लिन योग्य हन्छन् । लहरालाई जमिनदेखि माथि केही भाग छोडेर काट्नु पर्छ र अर्को वर्षमा त्यही भागबाट पलाएर आउँछ । यसरी काटिएका लहरालाई ५–७ से.मी लामा टुक्रयाइएका टुक्राहरुलाई बीचैबाट ४ फ्याक हने गरि काटेर सुकाइन्छ । अथवा मुग्रोले थिचेर चेप्टो पार्न्छि । अनि एक हप्ता जति घाममा राम्ररी सुकाइन्छ । भण्डार गर्दा ओस आउन दिन हुदैन ।

लेखक : करुणा शर्मा
प्राकृतिक स्रोत तथा ब्याबस्थापन कलेज उदयपुर , कटारीमा
बन बिज्ञान सङकाय मा अध्यनरत बिद्यार्थी हुन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here