जूट ब्यागहरू हाल ठूलो मागमा छन् र ती उच्च मूल्यहरू ल्याउँदछन्; तर कारखानाहरू पूर्ण मात्रामा उत्पादनमा जान सकेका छैनन् र कोभिड-१९ सम्बन्धित लकडाउन र यातायात प्रतिबन्धको कारण यसलाई पूँजीकरण गर्न सकेनन्। कच्चा पाटको मूल्य ५०% ले वृद्धि भई रु. ९० प्रति किलो पुगेको छ। जुट विज्ञ मोहनचन्द्र घिमिरेका अनुसार गत वर्ष स्थानीय उत्पादन २०,००० टन पुगेको थियो। तर यस वर्ष घरेलु फसल केवल १५,००० टन थियो (२५% ले कम भएको छ) । ३०% जूट माग पूरा भएको थियो र ७०% भारत र बंगलादेशबाट आयात गरिएको थियो। वार्षिक रूपमा नेपालले ७०,००० टन जूट खपत गर्छ, त्यसैले यस वर्ष ५५,००० टन जूट आयात गरेको बताइएको छ। नेपालले तीन दशक अगाडि वार्षिक १५०,००० टन खेती गर्थ्यो। विश्वभरि जुटको माग बढेपनि नेपाल सरकारले जुट उद्योगलाई कम प्राथमिकता दिएको छ। कृषिमा आधारित जूट उद्योग आयात गरिएको कच्चा मालमा निर्भर गर्दछ किनकि दुबै राज्य र संघीय सरकारहरूले यसलाई बेवास्ता गरेका छन्। यसभन्दा पहिले नेपालले भारतमा कच्चाजुट निर्यात गर्थ्यो र नेपालले युरोपमा जूट निर्यातपनि गर्थ्यो। जूट उत्पादनको ठूलो माग भए पनि कारखानाहरू बन्द गर्नुपर्‍यो र श्रमिकहरू कम गरिरहनुपर्‍यो। महामारीका कारण सुनसरी-मोरंग औद्योगिक कोरिडोरमा ११ वटा जूट उद्योग मध्ये ५ वटा कार्यरत छन्। जब सबै ११ कारखानाहरू सञ्चालनमा थिए, तब ४०,००० भन्दा बढी व्यक्तिहरू रोजगारमा थिए। कच्चा जुटको अभावले र निर्यात बाधाका कारण उद्योगहरुको शटर तल झरेसँग-सँगै २०,००० भन्दाबढी मानिसहरूले आफ्नो जागिर गुमाए। विराटनगर जूट, सीएम, पाथीवरा, निक, नेपाल जूट र गुहेश्वरी जुटले आफ्नो शटर तल झारेका घिमिरेले भने। हाल अरिहन्त मल्टि फाइबर, रघुपति, स्वस्तिक, बाबा र चन्द्र शिव अझै २०,००० रोजगार उपलब्ध गराउँदैछन्। (स्रोत: काठमाडौं पोष्ट)।

सुप्रभा ढुंगेल

गौरादह कृषि क्याम्पस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here