
लेखक : सुस्मा पौडेल
( कृषि तथा पशुबिज्ञान अध्यन सस्थान पक्लिहबामा अध्ययनरत कृषि बिद्यार्थी हुन)
Agroforestry News Daily
परिचय : धानको वैज्ञानिक नाम Oryza sativa हो। यो Graminae तथा Poaceae परिवारमा पर्दछ। धान प्रमुख खाद्यान्न बालि हो। पहाड र तराईमा यसको खेति बर्षयाममा गरिन्छ। तल्लो पहाड तथा खोचको सिञ्चित क्षेत्रमा चैते धान पनि लगाउने गरिन्छ। उन्नत प्रविधिबाट डेढदेखि दुई गुणा उत्पादन बढाउन सकिन्छ । धान विश्वका अाधाभन्दा बढि जनसंख्या अर्थात तीन अर्ब ५० करोड मानिसको खाद्यान्नको प्रमुख अाधार नै धान हो। एशियाली मुलुकहरुलाई त धानको बास्केट नै मानिन्छ किनभने ९० प्रतिशतभन्दा बढि धानको उप्पादन र खपत पनि एशियाली मुलुकमा नै हुने गरेको छ।
माटो र जमिनको तयारी: धान एक महत्त्वपूर्ण खाद्य बालि भएको कारणले गर्दा यसको उत्पादन धेरै जसो क्षेत्रमा गरिन्छ ।यसको उत्पादन जात, माैसम तथा बालि व्यवस्थापनमा निर्भर गर्दछ। यसको खेति बर्समा दुईपटक गर्ने गरिन्छ ।एकपटक असारमा रोपेर मंसिरमा भित्र्याङन्छ भने अर्को पटक चैतमा रोपेर साउनमा भित्र्याउने गरिन्छ । धानको बीउ तयार गर्दा Bavistin २ ग्राम प्रतिकेजि र विउलाई २४ धण्टा पानिमा भिजाउने र ४८ धण्टा बोरामा राखि टसाउनुपर्छ।बिउलाई धुलो अथवा हिलो व्याडमा छरि बर्ना तयार गर्नुपर्छ। बेर्नाको उमेर २० देखि २५ दिनको बेर्ना सार्नको लागि उपयुक्त हुन्छ। धान तातो हावापानि र धेरै सांपेेक्षित अाद्रता भएको ठाउमा हुने बालि हो । धान खेतिको लागि २०-३० डिग्री सेल्सियस को तापक्रम अावश्यक पर्दछ भने धान बालिलाई उपयुक्त माटो भनेको चिम्टाइलो माटो हो । यसको लागि पि एच ५ देखि ६.५ भएको माटो उपयुक्त हुन्छ । रोपाइ गर्नुभन्दा १ हप्ता अगाडि काल्ला खुर्कने, अालि लगाउने र मुसाका प्वाल टाल्ने गर्नुपर्दछ। ग्रहामा पानी जमाएर झारपात कुहाउने अनि जमिनमा पानी लगाई दुईपटक राम्रोसङ्ग जोतेर हिल्याउने र पाटा लगाई सम्याउने काम गर्नुपर्छ अनि बल्ल धान रोप्नको लागि तयार हुन्छ । धान रोप्दा पंक्तिको दुरि २० सेन्टिमिटर र बोटको दुरि २० सेन्टिमिटर राख्नुपर्दछ। उन्नत जातको लागि एक ठाउँमा दुईदेखि तीन बेर्ना रोप्ने र वर्णशंकर जातको लागि एक ठाउँमा १ बेर्ना रोप्नुपर्छ। बीउ रोप्दा चाहिँ ३ सेन्टिमिटर भन्दा गहिरो गरि रोप्नु हुदैन ।छरुवा विधिबाट समेत धान खेति गर्न सकिन्छ । यो विधिमा वैशाख र जेठ महिनामा ५ के.जि प्रतिरोपनी वा ३.३ के. जि प्रतिकठ्ठा बीउ छर्नुपर्ने हुन्छ । यो विधिबाट खेति गर्दा झारपात नियन्त्रण गर्नुपर्दछ।
मलखाद: धान बालिको प्रशस्त उत्पादन गर्नको लागि उपयुक्त मात्रामा मलखादको प्रयोग गर्नुपर्छ। धान बालिको सिंचित क्षेत्रको लागि १००:३०:३० Nitrogen, Phosphorus, र Potash प्रतिहेक्टर र असिंचित क्षेत्रको लागि ६०:२०:२० Nitrogen, Phosphorus र Potash प्रतिहेक्टर सिफारिस गरिएको छ। उन्नत जातको लागि सिफारिस मलखादको मात्रा वर्णशंकर जातको धान लगाउदा उन्नत जातको भन्दा डेढगुणा बढिको दरले मलखात तथा रसायनिक मलको प्रयोग गर्नुपर्दछ। रसायनिक मलको प्रयोग गर्दा माटोको उर्वराशक्ति, अघिल्लो बालि ,कम्पोष्ट मलको परिमाण र धानको जातमा भर पर्दछ। धानबालिमा मलको प्रयोग गर्दा स्थानीय स्रोतको परिचालनमा हरियो मल ,गोठे मल , कम्पोष्ट मल अादि प्रयोगमा ल्याउन सकिन्छ ।
धानमा लाग्ने किरा र त्यसको ब्याबस्थापन : यसको उत्पादन गर्दै जादा विभिन्न किसिमका रोगहरु पनि लाग्न सक्छ जस्तै : प्लाट रोग र फेद कुहिने रोग। प्लाट रोगको लक्षण स्वरुप पातहरुमा दुवै छेउतिर चुच्चिएका अण्डाकारका थोप्लाहरु देखा पर्दछन , यी थोप्लाहरु खैरो रङ्गको हुन्छन् भने थोप्लाको बीचमा सेतो बिन्दु रहेको हुन्छ ।बाला मुन्तिरको डाठको वरिपरि वा अाख्लामा खैरो रङ्ग भएको दाग पनि देखिन्छन् ।यो रोग लागेमा व्यवस्थापन सिफारिस अनुसार नाङटोृजन मल दिनुपर्दछ। रोग लागेको खेतमा केही दिन पानी पनि सुकाई दिनुपर्दछ , रोगी बोट र अन्य झारपात नष्ट गर्नुपर्ने हुन्छ। फेद कुहिने रोगको लक्षण स्वरुप खेतमा रोगी बिरुवा अग्लो नहुने , पहेलिने र अन्तमा फेद कुहिएर मर्ने गर्दछ। पहिला पातको फेदमा डढुवा राेग र अण्डाकारका खैरा थाेप्लाहरु देखा पर्दछन। बाेटकाे माथिल्लो भागमा पुगि सुकेर डढेकाे जस्तो देखिन्छ । याे राेगी बाेट देख्नेबित्तिकै त्यसलाई तुरुन्तै उखेलेर बारीबाट हटाउने वा जलाएर नष्ट गर्न सक्ने हाे भने याे राेगलाई नियन्त्रण गर्न सकिन्छ ।
धानको उपयोगीता: धान एक मुख्य बालि त छदैछ त्यसमाथी पनि यसबाट विभिन्न किसिमका खाद्यान्न पदार्थहरु बनाउन सकिन्छ जस्तै : भुजा , चिउरा लगाएत यसकाे पिठाेबाट विभिन्न किसिमका परिकार बनाउन सकिन्छ । तसर्थ उन्नत तरिकाले धान खेति गराै कृषिमा अात्मनिर्भर बनाै।
[…] increasing food demands, farmers are compelled to go for intensive crop production. For example (rice-rice) cropping pattern. Therefore, soil fertility and organic matter reduction have emerges as a great […]